भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न

नवलपुर टुडे


चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगियामा दोस्रो चरणको खेलहरु सुरु भएको छ । दोस्रो चरण अन्तर्गत आइतबार चार खेल सम्पन्न भएका छन् ।
प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरको मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको छ । उसले साविक विजेता अमर माविलाई हराएको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिस स्कुलले अमर माविलाई टाइब्रेकरमा पराजित गरेको हो ।
कृष्णपुरमा नै भएको अर्को खेलमा दुर्गा शेषकान्त मावि विजयी भएको छ । दुर्गाशेषकान्त माविले चितवन बोर्डिङलाई २-१ ले हराएको हो । यस्तै सुन्दरबस्तीमा भएको खेलमा भानु मावि विजयी भयो । भानुले ग्रीनल्याण्ड पब्लिक स्कुलाई ३-१ ले हरायो ।
उता रामवेल मैदानमा भएको खेलमा डन एकेडेमी विजयी भएको छ । डन एकेडेमीले जनप्रिय स्कुललाई २-० ले पाखा लगायो । आज जित हात पारेका सबै टोली क्वाटरफाइनल प्रवेश गरेका छन् । प्रतियोगितामा सोमबार पनि चार खेल हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















