राप्ती सवारी दुर्घटनाः ७ जनाकै सनाखत

नवलपुर टुडे


चितवन । चितवनको राप्ती नगरपालिकामा हिजो (शनिबार) भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार मृत्यु भएका ७ जनाकै सनाखत भएको हो । आइतबार लमजुङ जिल्ला बेसीसहर-३ घर भई हाल भरतपुर-६ चोक बजार बस्ने पूर्णकुमारी खड्काको सनाखत भएपछि ७ जनाकै सनाखत भएको डिएसपी खनालले बताएका छन् ।
यसतै मृतक ६ जनाको भने शनिबार नै सनाखत भएको थियो । दुर्घटनामा रेनुका, सरोज, मैयाँकुमारीसहित मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का राजु थिङको मृत्यु भएको डिएसपी खनालले बताए।
राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको भ्यान ठोक्किएका थिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















