सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अभियान सञ्चालन गर्ने: पत्रकार महासंघ

नवलपुर टुडे


काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महासंघको बिहीबार र शुक्रबार पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गर्ने निर्णय गरेको हो ।
बैठकले कोषमा अनिवार्य आवद्ध गराउन कानूनी व्यवस्थाको लागि पहल गर्ने निर्णय गरेको महासंघका सचिव प्रकाश धौलाकोटीले जानकारी दिए । उनका अनुसार बैठकले नियमित पारिश्रमिक नदिने मिडियालाई असार मसान्तभित्र बक्यौता भुक्तानी गरिसक्न आग्रह गर्ने निर्णय गरेको छ भने पारिश्रमिक नदिने मिडियाविरुद्ध साउन १ गतेबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले श्रमजीवी पत्रकार ऐनमा संशोधन सहित न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन कार्यान्वयनका लागि पहल गर्ने, मिडियामा देखिएको आर्थिक संकटलाई सम्बोधन गर्न विशेष नीति र कानुनी सुधारका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको सचिव धौलाकोटीले बताए ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















