कतारमा शंकर पोख्रेलले सुनाए एमाले विरुद्ध गाली गर्नुको कारण

रामएकवाल राम


रामएकवाल राम
दोहा , कतार – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताएका छन। एमालेले राष्ट्रलाई बलियो बनाउने अभियानमा लागेकाले राजावादी लगायत अन्य केही राष्ट्रियता विरोधी शक्तिहरु एमालेविरुद्ध लागेको बताउनु भएको छ।
प्रवासी नेपाली मञ्च कतारद्वारा आयोजित आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।
नेपाली समाजलाई अराजकतावादबाट जोगाउन सबैले साथ सहयोग गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।अहिले लोकतन्त्र र गणतन्त्रकाविरुद्ध नियोजित प्रचार भइरहेका छन त्यसले नेपाली समाजलाई नकारात्मक प्रभाव पारिरहेको बताउदै लोकप्रियताको कुरा गर्नेले राजनीति र राष्ट्र निर्माण दुबै काम गर्न नसक्ने प्रष्ट पार्दै लोकप्रियतावादले कहिल्यै पनि समस्याको समाधान गर्न नसक्ने पनि बताए
मञ्च कतारका अध्यक्ष चुडामणी कार्कीको सभापतित्वमा सप्पन्न कार्यक्रममा पोलिट्ब्युरो सदस्य सुजिता शाक्य पार्टीका केन्द्रिय सदस्य घनश्याम पाण्डे लगायत प्रवासी नेपाली मञ्च कतारका बाक्लो उपस्थिती रहेको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















