विजयनगरमा अपाङ्गता भएका ५७ नागरिकलाई सहायक सामग्री, ३१ महिलालाई सिलाई मेसिन
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ‘सहारा र आत्मनिर्भरता’को नारालाई व्यवहारमा उतार्दै अपाङ्गता भएका नागरिक र महिलालाई लक्षित विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा ५७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र ३१ जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजसँग जोड्न र दैनिक जीवन सहज बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनु भयो । आगामी दिनमा अझ धेरै नागरिक लक्षित सहयोग कार्यक्रम ल्याउने बताउनु भयो । गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र घरेलु उद्योगको प्रोत्साहनलाई निरन्तरता दिइरहेको उपाध्यक्ष लक्ष्मि चौधरीले बताउनु भयो।

कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, तीनपाङ्ग्रे साइकल, सेतो छडी, चस्मा र इयरफोन जस्ता सामग्री उपलब्ध गराइएको छ। यस्ता सामग्रीले दैनिक जीवन सहज बनाउन र उनीहरूलाई थप आत्मबल प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















