कैदीको मृत्यु घटना: प्रहरी नायब निरीक्षक पक्राउ

नवलपुर टुडे


कैलाली । जिल्ला कारागार कैलालीमा रहेका कैदीको मृत्यु घटनामा प्रहरी नायब निरीक्षक (सइ) पक्राउ परेका छन् । मृतक परिवारको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले सइ हरजित नाथलाई पक्राउ गरेको हो ।
उनी जिल्ला प्रहरी कार्यालयमै कार्यरत छन् । जिल्ला कारागारमा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिकाका २८ वर्षीय हरिसिंह पालीको २ असार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीको कुटपिटबाट हत्या भएको भन्दै मृतकका आफन्तले शव उठाउन मानेका थिएनन् ।
बिहीबार किटानी जाहेरी दर्ता भएपछि शवको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए । उनले सइ नाथलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । जिल्ला अदालत कैलालीबाट बैंकिङ कसुरमा दोषी ठहर भई दुई लाख रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भएका पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २९ जेठमा पक्राउ गरेको थियो । कैलाली प्रहरीले उनलाई १ असारमा जिल्ला अदालतमा बुझाएको थियो ।
बैंकिङ कसुरको मुद्दा सइ नाथले दिएका थिए । मृतक पालीकी श्रीमती जानकी साउदले नाथविरुद्ध किटानी जाहेरी दिएकी हुन् । प्रहरीको कुटाइबाट आफ्ना श्रीमान्को हत्या भएको उनको आरोप छ । सइ नाथको योजनामा कुटपिट भएको आफन्तको आरोप छ ।
जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















