बुढिगंगा र खप्तड छेडेदहमा निशुल्क पशु शिविरमा ५ हजार बढी पशुको उपचार

उमेश रोकाया


राजेन्द्र विक
बाजुरा, असार ५ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ९ कार्कितोला र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयबागेश्वरीमा एकदिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय,भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको प्राबिधिक सहयोग तथा गिफ्ट बाजुराको आयोजनामा सो एक दिने पशु स्वस्थ्य शिविर संचालन गरिएको हो।
शिविरमा गाई,गोरु,भैंसी र बाख्रामा हुने विभिन्न खालका रोगहरुको चेकजाँच तथा उपचार गरि आन्तरिक तथा बाह्य परजिबिका लागि भ्यक्सिन लगाइएको र जुका,खोकी,निमोनिया, र विभिन्न प्रकारका भिटामिन वितरण गरिएको भेटेनरी अस्पताल बाजुराका पशु प्राबिधिक हस्त बहादुर शाहिले बताउनुभयो ।
आन्तरिक तथा बाह्य परजिबिका लागि लगाइएको खोप तथा उपचार सेवाले पशुमा हुने महामारी कम्तिमा २ बर्ष सम्म हुन नदिने हुँदा शिविर संचालनले स्थानिय पशुपालक किसान खुशी भएका छन्। शिविरमा बुढिगंगा-९कार्कितोला र खप्तड छेडेदह-२जयबागेश्वरी क्षेत्र भित्रका करिब ४ सय जना किसानका ५ हजार भन्दा बढी पशुमा भ्याक्सिन लगाउनुका साथै चेकजाँच, र उपचार गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















