सूर्यपुर बन्यो भरतपुर २४ गोल्डकप फुटबलको च्याम्पियन

नवलपुर टुडे


भरतपुर । चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको उपाधि सूर्यपुर एफसीले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई ३-१ ले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।
दोस्रो पटक यस प्रतियोगितामा सहभागी सूर्यपुरले पहिलो पटक उपाधि जितेको हो । उता पहिलो संस्करणको विजेता बिएफसी भने चौथी संस्करणमा उपविजेतामा सीमित भएको छ । सूर्यपुरको जितमा बिक्की चामलिङ राईले दुई तथा जय गुरुङले एक गोल गरे । बिएफसीले एक उपहार गोल पाएको थियो ।
खेलमा अग्रता भने बिएफसीले लिएको थियो । खेलको नवौं मिनेटमा राम थापाको आत्मघाती गोलमा बिएफसीले अग्रता लिएको थियो । तर उसको अग्रता धेरै समय टिकेन । १९ औं मिनेटमा जय गुरुङले सुन्दर गोल गरे । २४ औं मिनेटमा बिक्कीले गोल गर्दै सुर्यपुरलाई अग्रता दिलाए ।
२७ औं मिनेटमा बिक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सुर्यपुर विजयी भयो । बिक्की फाइनलको प्लेयर अफ दि म्याच भए । च्याम्पियन बनेको सुर्यपुरले ट्रफीसहित ३ लाख ३ हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित बिएफसीले १ लाख ७५ हजार प्राप्त गरेको छ ।
सुर्यपुरका जय गुरुङ प्लेयर अफ दि सिरिज भए । उनले १० हजार प्राप्त गरे । सुर्यपुरकै प्रदिप भण्डारी उत्क्रष्ट गोलरक्षक, रोशन उत्क्रष्ट प्रशिक्षक तथा बिएफसीका निर्मल घिसिङ उत्क्रष्ट डिफेन्डर बने । उनीहरुले जनही ५-५ हजार प्राप्त गरे । भरतपुर २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा भएको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















