इलाममा चाँदी र सुनको जलप लगाएका गहनासहित दुईजना पक्राउ

नवलपुर टुडे


इलाम । इलाममा चाँदी र सुनको जलप लगाएका गहनासहित दुईजना पक्राउ परेका छन्। इलामको सुर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमा भारतको हिमाञ्चल प्रदेश निवासी ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, पशुपतिनगरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारततर्फ जाँदै गरेका उनीहरूलाई शंका लागेपछि जाँच गर्दा झोलाभित्र १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाइएको गहना तथा विभिन्न प्रकारका माला फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गहना सुनचाँदी व्यवसायी संघ, बिर्तामोड झापा लगेर परीक्षण गर्दा जलप लगाएको पुष्टि भएको हो।
पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको प्रहरीले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















