नेपाल-भारत विकास साझेदारी अन्तर्गत हिमाली र खप्तड छेडेदह पाए एम्बुलेन्स

उमेश रोकाया


बाजुरा , जेठ ३१ । बाजुराका दुई गाउँपालिकाले एम्बुलेन्स पाएका छन् । खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाले उपहार स्वरुप एम्बुलेन्स पाएका छन ।
शनिवार काठमाडौंमा एक औपचारिक कार्यकमविच राजदुतावासले खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको छ । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष बिशुदेवि नाथ र हिमालीका अध्यक्ष गोबिन्द मल्लले बुझेका हुन् ।
खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिशुदेवि नाथले नेपाल–भारत विकास साझेदारी अन्तर्गत एम्बुलेन्स उपलब्ध गराएको बताएकी छन् । गाउँपालिकामा जनताका लागि पहिलो प्राथमिकताका रुपमा रहेको एम्बुलेन्सका लागि लामो समयदेखिको पहलपछि अहिले उपलब्ध भएको उपाध्यक्ष नाथले बताइन् । त्यस्तै उनले काठमाडौं महानगरपालिकाले पनि गाउँपालिकालाई एम्बुलेन्स दिने प्रक्रियामै रहेको जानकारी दिइन् ।
त्यसैगरी, हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द मल्लले लामाे समयकाे पहलपछि गाउँपालिकाले एम्बुलेन्स पाएकाे बताए । उनले पालिकाले यसअघि नै एक एम्बुलेन्स सञ्चालनमा समेत ल्याइसकेको बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















