भ्रष्टाचार अभियोगमा पक्राउ परेका मधेस प्रदेशका सांसद सिंह निलम्बित

नवलपुर टुडे


जनकपुरधाम । मधेस प्रदेशका सांसद सरोज कुमार सिंह कुशवाहालाई निलम्बन गरिएको छ । आफ्नो स्वकीय सचिव मार्फत उपभोक्ता समितिको खाताबाट रकम झिकेर निजी खातामा राख्न लगाएर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेपछि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सचिवालय पठाइएको निलम्बनसम्बन्धी पत्र सभामुख रामचन्द्र मण्डलले शुक्रबार प्रदेशसभामा पढेर सुनाएका हुन् । विषेश अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि सिंहलाई बिहीबार काठमाडौंबाट आयोगको टोलीले पक्राउ गरेकाे थियाे। जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका थिए ।
आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा दाखिला भएको रकम निजी सचिव विनोदलाल कायस्थ मार्फत निजी खातामा जम्मा गर्न लगाएको अख्तियारको ठहर छ ।
उनका सचिव कायस्थ महोत्तरीबाटै केही दिनअघि पक्राउ परेका थिए । मधेश प्रदेशसभामा १ सय ७ जना सांसद थिए । जसमध्ये तीन जना सांसद निलम्बन भइसकेका छन् । यसअघि नेकपा एमालेका सांसद दिपेन्द्र ठाकुरमा माथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी पनि निलम्बनमा परेका हुन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित सांसद अभिराम शर्मालाई कर्तव्य ज्यान मुद्दामा अदालतले जन्म कैदको फैसला सुनाएपछि उनी निलम्बित भइसकेका छन् ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















