पुनरागमन जितका साथ बिएफसी भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा

नवलपुर टुडे


भरतपुर । हानामी भरतपुर फुटबल क्लब बिएफसीले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । आज (शनिबार) बाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले भरतपुर खेलकुद बिकास समितिलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
सिद्धार्थ माविको मैदानमा भएको खेलमा बिएफसीले २-१ को पुनरागमन जित निकाल्यो । खेलमा बिएफसीले १-० ले पछि परेको अवस्थाबाट कमब्याक गरेको हो । दोस्रो हाफको पाचौं मिनेटमा धिरेन्द्र शाहको गोलमा भरतपुर २४ ले अग्रता लिएको थियो । तर दोस्रो हाफको १३ औं मिनेटमा सजिन मगरले बिएफसीका लागि बराबरी गोल फर्काए ।
इन्जुरी समयमा सुजित बुढाथोकीले गोल गरेपछि विएफसी २-१ ले विजयी भयो । विएफसीका सजिन मगर प्लेयर अफ दि म्याच भए । प्रतियोगितामा भोलि आइतबार साविक विजेता स्टार स्पोर्टस क्लब माडी र जनशक्ती युवा क्लब नवलपरासी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
भरतपुर २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















