Opens in a new tab

दाङमा बस दुर्घटना हुँदा ३० जना घाइते, दुईको अवस्था गम्भीर

नवलपुर टुडे

29Shares
dida bag ad

दाङ। दाङको तुलसीपुर–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दाङ दंगीशरण गाँउपालिका गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना४ख ४००१ नम्बरको यात्रुवाहक बस र तुलसीपुर–१३ बखरीयामा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुर पठाइएको र उपचार भइरहेको इलाका प्रहरी कार्यलय तुलसीपरका प्रहरी नायब निरीक्षक अनिलसिङ ठकुरीले जनाकारी दिए। घाइतेको उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको कमाण्डमा प्रहरी परिचालन भएका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी छ।