Opens in a new tab

विश्वकप लिग-२: नेपाल आज स्कटल्यान्डसँग भिड्दै

नवलपुर टुडे

29Shares
dida bag ad
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ। 

सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाली टोली तेस्रो जितको खोजीमा छ। पहिलो खेलमा घरेलु टोलीमाथि १ विकेटको फराकिलो जित निकालेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ। सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी रहँदा १ विकेटले हराएको थियो। 

उता सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएको स्कटल्यान्ड नेपालसँग पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ। सिरिजको दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पाखा लगाएको थियो। 

जारी सिरिजमा स्कटल्यान्डले एक खेलमा जित र एक खेलमा हार भोगेको छ। स्कटल्यान्डले नेदरल्यान्डलाई भने ४४ रनले हराएको थियो। सिरिजमा नेदरल्यान्डसले जितको स्वाद लिन पाएको छैन। लिग–२ त्रिकोणात्मक सिरिजको १४ खेलमध्ये चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकसहित तालिकाको सातौँ स्थानमा छ। 

लिगको १८ खेलमध्य १० खेलमा जित, ६ खेलका हार र २ खेलमा अंक बाँडेको स्कटल्यान्ड २२ अंकसहित तालिकाको चौथो स्थानमा छ।