सांसद चौधरी र सिंहबीच शिष्टाचार भेटघाट: विकास निर्माणमा सहकार्यको प्रतिबद्धता

पुरुषोत्तम सुवेदी


नवललपरासी । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी र भारत बिहार प्रदेश, पश्चिमी चम्पारण जिल्ला, बाल्मीकिनगर विधानसभा क्षेत्र नम्बर १ का प्रदेश सांसद धिरेन्द्र प्रताप सिंह (रिंकु सिंह) बीच शिष्टाचार भेटघाट भएको छ । नवलपरासीको बर्दघाट बेलाहानीस्थित चौधरीको सचिवालयमा सांसद चौधरी र सिंहबीच शिष्टाचार भेटघाट भएको हो । उक्त भेटघाटमा सांसदद्धय चौधरी र सिंहले विकास निर्माण कार्यमा सहकार्यको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो क्रममा सांसद चौधरीले बिशेष गरी नारायणी नदी र गण्डक क्षेत्रको विविध समस्या समाधान गर्न सांसद सिंहलाई सहकार्यका लागी आग्रह गर्नुभयो । सो क्रममा सांसद सिंहले सो सहकार्यका लागी आफु तयार रहेको प्रतिबद्धता जनाउनुभयो । भेटका क्रममा दुई देशको हितमा सहकार्य गरी विकास निर्माणका काम गर्ने प्रतिबद्धता सांसदद्वय चौधरी र सिंहले व्यक्त गर्नुभएको थियो । यस भेटघाटले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















