आगलागी भएपछि बाजुरामा फाइवर नेट सेवा अवरुद्ध

उमेश रोकाया


बाजुरा , जेठ २४ । शुक्रबार दिउसो बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारमा आगलागी भएपछि नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध भएको छ ।
बाम्का बजारको नवदुर्गा होटलमा सिलिण्डर ग्यासबाट आगलागी भएपछि साँफे मार्तडी राजमार्ग हुँदै विस्तार गरिएको नेपाल टेलिकमको फाइवर नेट सेवा अवरुद्ध बनेको हो ।
आगलागीपछि त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिका र सदरमुकामसम्म इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएकाे छ ।
टेलिकम शाखाका अनुसार फाइवर इन्टरनेट सेवा सुचारु गर्नका लागि डडेल्धुराबाट प्राविधिकहरुको टोलीलाई खबर गरिएको र आज साँझ सम्म सेवा संचालन हुने भएको छ ।
सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चार माध्यम र सरकारी तथा वित्तिय संस्थाहरुको काम प्रभावित बनेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















