बाम्का बजार आगलागी क्षेत्र पर्यटन मन्त्री पाण्डे द्वारा निरीक्षण

उमेश रोकाया


बाजुरा , जेठ २४ । आगलागीबाट नष्ट भएको बाम्का बजार क्षेत्रको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले निरीक्षण गरेका छन् ।
आगलागी भए लगत्तै काठमाण्डौंबाट हिडेका मन्त्री पाण्डेले आगजनी भएको बाम्का बजारको शनिबार बिहान निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री पाण्डले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिनुभएको छ । क्षतिको विवरण लिएसंगै आगजनीबाट पीडित व्यक्तिहरुसँग समेत भेटघाट गरेको बताईएको छ ।
बाजुरा मन्त्री पाण्डेको गृह जिल्ला पनि हो । शुक्रबार दिउँसा आगलागी भएर ४० वटा पसलहरू जलेर नष्ट हुँदा करोड भन्दा बढीको क्षति भएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















