बाम्का बजार आगलागी हुँदा ३५ पसल जलेर नष्ट, आठ करोड भन्दा बढी क्षति

उमेश रोकाया


बाजुरा , जेठ २५ । शुक्रबार बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसलहरु पुरै जलेर सखाप भएका छन् ।
आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण संकलन गरेको उक्त पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्यांक अनुसार सबै भन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको पाइएको छ ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख,छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउँदको एक करोड ५० लाख क्षति भएको प्रहरीले संकलन गरेको प्रहरी निरिक्षक चौधरीले बताएका छन् । आगलागीबाट दिपक साउँद,रामु अयडी,तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन ।आगलागिबाट फैन्सी पसल मेडिकल,इलेक्ट्रोनिक, पुुस्तक पसल र होटलहरु जलेर नष्ट भएको प्रहरी निरिक्षक चौधरीको भनाई रहेको छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१प४६८१ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















