सुनवल अवरैयामा कोदालाे प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या

नवलपुर टुडे


नवलपरासी । नवलपरासीमा कोदालाे प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् । सुनवल नगरपालिका- २ अवरैयामा २७ वर्षीय हेमराज थारुले बुबा ५० वर्षीय जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् । शुक्रबार उनले कोदालोले प्रहार गरेर बुबा र छिमेकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।
हेमराजले आफ्नै बुबाको कोठाभित्रै कोदालो प्रहार गरेर हत्या गरेका हुन् । उनले लगत्तै छिमेकी धरिकारलाई घर अगाडिको बाटोमै हत्या गरेको प्रहरी जनाएको छ । प्रहरी नायव उपरीक्षक पन्तका अनुसार हत्याको कारणबारे अझै खुल्न सकेको छैन । हेमराजलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेमराज रुपन्देहीमा मणिग्रामस्थित सुधार गृहमा बसेर केही समय अगाडि मात्रै निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी तीन महिना सुधार गृहमा बसेका थिए । हत्याबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















