अर्थ

यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर

रासस
२०८२ जेष्ठ २३ | बिहान ०५:०२ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९७ पैसा र बिक्रीदर २१ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1136.97137.57
EUR  (European Euro)1156.45157.13
GBP  (UK Pound Sterling)1185.87186.68
CHF  (Swiss Franc)1167.12167.85
AUD  (Australian Dollar)189.1489.53
CAD  (Canadian Dollar)1100.25100.69
SGD  (Singapore Dollar)1106.62107.09
JPY  (Japanese Yen)109.569.61
CNY  (Chinese Yuan)119.0819.16
SAR  (Saudi Arabian Riyal)136.5236.68
QAR  (Qatari Riyal)137.5837.74
THB  (Thai Baht)14.214.23
AED  (UAE Dirham)137.2937.46
MYR  (Malaysian Ringgit)132.3832.52
KRW  (South Korean Won)10010.0910.14
SEK  (Swedish Kroner)114.3014.36
DKK  (Danish Kroner)120.9721.07
HKD  (Hong Kong Dollar)117.4617.53
KWD  (Kuwaity Dinar)1446.64448.59
BHD  (Bahrain Dinar)1363.30364.89
OMR  (Omani Rial)1355.79357.35
 

कमेन्टहरु