Opens in a new tab

कविताको शीर्षक निर्मम बनेर वातावरण बचाउने बेला

याम बहादुर थापा मगर

29Shares
dida bag ad

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ
९८४७६५७३00

कविताको शीर्षक
निर्मम बनेर वातावरण बचाउने बेला

वातावरण दिवस जुन पाँच आयो फेरि,
कागजका भाषणले भरिएको समय,
तर आकाश अझै धुवाँले ढाकिएको छ,
नदीहरूका गीतहरू अब कडा नै बनिसके।

विगतमा हामीले काट्यौं रुखहरू
मानौं, विकास छ केवल कंक्रीटमा।
सहर सजायौं, गाउँ भत्कायौं,
वृक्षहरूको सट्टा सल्लाको वन बनायौं।

आज वर्तमान डरलाग्दो मोडमा छ,
जहाँ पृथ्वी स्वास फेर्न सक्दिन,
जहाँ जनावरको बास गुमेको छ,
जहाँ मानवको मुटु प्लास्टिक जस्तै कठोर बनेको छ।

तर, हामीसँग अझै पनि समय छ ।
निर्ममता चाहिन्छ,
तर यो निर्ममता लोभ माथि होस्,
उपभोग माथि होस्,
अनि अनियन्त्रित विकास माथि होस्।

कसरी बनाउने चिरस्थायी भविष्य?
वस्तुमा रोजौं पुनः प्रयोग विधि
दैनिक उपयोग गरौं नवीकरणीय ऊर्जा,
खेतीपाटीना रोकौं रासायनिक विष,
सम्वन्ध राखौं प्रकृतिसँग साँचो मित्रता।

बच्चाहरूसँग रोपौं हरेक वर्ष रूख,
कविता जस्तै कोरौं हरियाली भूपरिदृश्यमा,
शिक्षा दिनुहोस्—पृथ्वी नै हाम्रो घर हो,
यसलाई माया गर्नु नै हाम्रो धर्म हो।

उठौं, चेतौं,
यो केवल दिवस मनाउने दिन होइन,
यो संकल्प लिने उत्तम घडी हो
कि हामी परिवर्तन ल्याउँछौं,
बाँच्नेछौं हामी अन्नत काल मानव
र बाँच्ने छ हाम्रो धर्ती पनि।
विश्व वातावरण दिवसको शुभकामना
नबिगारेर पृथ्वी हस्तान्तरण गर्ने कर्तब्य
सचेत नागरिक भएर पुरा गरौ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे