हिमाली गाउँपालिका – ३ का भूमिहीन ५२ जनालाई निस्सा वितरण

उमेश रोकाया


बाजुरा , जेष्ठ १८ । बाजुरा जिल्लाकाे पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ३ मा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । हिमाली गाउँपालिको आयोजनामा जिल्ला भुमि आयोग बाजुराको समन्वयमा भूमिहीन ५२ जनालाई निस्सा वितरण गरेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले बताएका छन् ।
अनुसुचि दलित भूमिहिन र अब्यबस्थित लागत संकलन सम्बन्धि निकाय कार्यविधि २०८१ को दफा ९ खण्ड ‘घ’ को अनुसूची ६ अनुसार निस्सा वितरण गरेको छ । वडा सहजीकरण समिति समेत गठन गरिएकाे छ । कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, जिल्ला आयोगकाका अध्यक्ष जनक रोकाया, वडा अध्यक्ष मंगल बुढा, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्की सहित स्थानीयहरुको उपस्थितिमा अस्थायी निस्सा वितरण गरिएकाे छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















