चलचित्र ‘बिगुल’ को ६० प्रतिशत छाँयाकन सकियो

नवलपुर टुडे


चलचित्रको ७० प्रतिशत छाँयाकन चितवनमा हुने कथाकार कोइरालाले जानकारी दिए । बाँकी ३० प्रतिशत छाँयाकन भने काठमाडौं उपत्यकामा हुने उनले बताए । चितवनमा अब १० प्रतिशत मात्रै छाँयाकन बाँकी रहेको छ । केही दिन भित्रै चितवनको छाँयाकन सकेर निर्माण युनिट काठमाडौं जानेछ ।
कल्पना पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा सामाजिक तथा राजनीतिक बिषय बस्तु उठान गरिएको छ । चलचित्रमा सामाजिक तथा राजनीतिक रुपमा देशमा देखिएको घटना परिघटनालाई सुक्ष्म तरिकाले केलाउन खोजिएको कोइरालाले बताए । सबै क्षेत्रमा नेतृत्व तहले गरेको कामको प्रभाव र असरलाई चलचित्रमा देखाउन खोजिएको छ ।
देशमा विद्यमान विकृतिलाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको छ । समस्या देखाउन मात्र नभई समाधानको उपाय पनि देखाईएको कथाकार कोइरालाको भनाइ छ । रमेश कोइराला निर्देशित चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, रमेश बुढाथोकी, निर शाह, बिनोद न्यौपाने, गीता अधिकारी, हेमन्त बुढाथोकी, निरा पण्डित, जेएन घिमिरे, दीपक अधिकारीलगायतको अभिनय छ ।
चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा शिव ढकालको सिनेमाटोग्राफी छ । म्याग्नोलिया ग्रुपको ब्यनारमा चलचित्रलाई यसै वर्षको दसैं अघि रिलिज गर्ने तयारी छ । चलचित्रमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत तथा कविराज गहतराजले कोरियोग्राफी रहनेछ ।
—

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















