कांग्रेसका नेता तथा पूर्वमन्त्री खड्काको निधन

नवलपुर टुडे


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काकाे निधन भएको छ । कांग्रेस दैलेखका पूर्वसभापति पूर्वसांसद, पूर्वमन्त्री खड्काको निधन भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।
कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८ र २०५१ र २०६४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका पार्टीको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति थिए । भौतिक योजना तथा निर्माण एवं यातायात मन्त्री बनेका थिए ।
उपसभापति खड्काले सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री तथा नाताले आफ्नो दाजु खड्काको निधनको दुःखद खबरले आफू स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















