बाजुराको ढम्कनेमा मालबाहक ट्रक दुर्घटना हुँदा चालक घाइते

उमेश रोकाया


बाजुरा , जेष्ठ १४ । जिल्लाको बडीमालिका नगरपालिका – ७ ढम्कनेमा मालबाहक ट्रक दुर्घटना भएको छ । मार्तडी काेल्टी सडक अन्तर्गत दिउसाे ४ बजेतिर ट्रक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ४ बजेतिर दुर्घटना भएको जाननकारी पछि प्रहरीको टोली घटना स्थतलतर्फ गईरहेको जनाएको छ । प्रहरीका अनुसार मार्तडी कोल्टी सडक अन्तरगत बडीमालिका नगरपालिका – ७ ढम्कनेमा लोड गाडी अनियन्त्रीत भई माथिल्लो सडकबाड मोडेर तल्लो सडकमा परेको हुनसक्ने जनाएकाे छ ।
बा००६००१ क ०१३६ नम्मरको ट्रक दुर्घटना भएको स्थानियको खवर पश्चात प्रहरीको टोली घटना स्थतल तर्फ गईसको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीबाट करिव १६ किलोमिटर टाढा रहेकोले प्रहरीको टोली पुग्न केही समय लाग्ने जनाएको छ ।
सदरमुकाम मार्तडीबाट गएको उक्त ट्रक दुर्घटनामा चालक गम्भिर घाईते भएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । वडा अध्यक्ष पाध्यायका अनुसार घाईतेको उपचारका लागि उद्धार कार्य भईरहेको बताएका छन । घाइते चालक चितवन निवासी शुसान्त चाैलागाइ रहेकाे वडा अध्यक्ष पाध्यायले बताएका छन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















