बुटवलमा आमा र २ बच्चाको बीभत्स हत्या, पूर्व श्रीमान पक्राउ

नवलपुर टुडे


बुटवल । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई छोरीको वीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले तीन जनाको हत्या भएको जानकारी दिए।
आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए । हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् ।
डिभोर्स भएर अर्कैसँग बिवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर हत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो । । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका बताइएको छ ।
घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















