बागमती प्रदेश सरकारको नीति कार्यक्रम आज आउँदै

नवलपुर टुडे


मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रम आज सार्वजनिक हुँदै छ । सरकारको नीति कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभा बैठक समेत आह्वान गरेको छ । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न संसद्को बैठक जेठ १४ गते १ बजेका लागि आह्वान भएको छ भने नीति कार्यक्रम वाचन गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई औपचारिक निमन्त्रणा समेत गरिएको छ ।
उक्त बैठकमा सबै सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १० मिनेट अगावै उपस्थित हुन सभामुख भुवनकुमार पाठकले निर्देशन गरेका छन् । प्रदेश सरकारले विषयगत मन्त्रालयहरूबाट तयार पारिएको नीति कार्यक्रमलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकबाट समेत स्वीकृत गरिएको छ । प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दिए ।
सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ डङ्गका कार्यक्रम ल्याउने तयारीमा उनले बताए । भद्दा र नारा मात्रै समेटिएको नीति कार्यक्रमको विकल्पमा प्रभावकारी र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी सरकारले तथ्य परक हुने गरी तयारी गरेको उनले बताए । सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ ।
यसअघि प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि संसद्को बुधबार र बिहीबार बसेको बैठकमा छलफल भएको थियो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















