Opens in a new tab

लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको एघारौं बैठक बस्दै

नवलपुर टुडे

29Shares
dida bag ad

दाङ । लुम्बिनी प्रदेश सभा छैठौं अधिवेशनको एघारौं बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू पेश गरिनेछ । साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे