समाज

पत्रकार प्रकाशचन्द्र दाहालमाथि लगाइएको मुद्दा फिर्ता लिन नेपाल पत्रकार महासंघको माग

नवलपुर टुडे
२०८२ जेष्ठ १३ | मध्यान्ह ०८:०२ बजे

काठमाडौँ । गत चैत १५ गते तीनकुने घटनाका सन्दर्भलाई लिएर नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई राज्यविरुद्धको कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका दाहालले संकलन गरेका प्रशस्त तस्बिर तथा भिडियो सामग्रीहरू सार्वजनिक घटनाको अनुसन्धानका लागि प्रयोग भइरहेको अवस्थामा लगाइएको यो आरोपलाई महासंघले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप र प्रहारको रुपमा लिएको छ ।

‘महासंघ यो हस्तक्षेपप्रति खेद प्रकट गदैं कडा आपत्ति प्रकट गर्दछ । र, घटनाको छानबिन गरी महासंघका सदस्य दाहालमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरणका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

494821000_1715307956534150_798872647119208652_n

कमेन्टहरु