जीप दुर्घटनामा नेपाल टेलिकम कार्यालय प्रमुख सहित ३ जनाको मृत्यु

उमेश रोकाया


बाजुरा , जेष्ठ १३ । जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कार्यालय प्रमुख खड्का, कर्मचारी रवीन्द्र धामी र जीप चालक कर्णबहादुर महताराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभएको छ ।
बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षका नन्द बहादुर तिरुवा र अन्दाजी २२ वर्षीया लोकेन्द्र तिरुवा घाइते हुनुभएको छ । दुर्घटनाका घाइतेलाई कोल्टी अस्पतालमा उपचारका लागि एम्बुलेन्स मार्फत ल्याईएको बुझिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















