बाजुरामा बाघको आक्रमणबाट १७ भेडा बाख्रा मरे

उमेश रोकाया


बाजुरा , जेष्ठ १२ । गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट १७ भेडा बाख्रा मरेका छन् । गाउँपालिकाको-३ नम्बर वडा दल्लेरीका स्थानीय मदन बोहराका ५६ मध्ये बाघले ११ वटा भेडा, ६ वटा बाख्रा मारेका हुन् ।
आईतबार राती गाउँ नजिकैको दल्लेरी गोठ छानामा रहेका भेडा, बाख्रा बाघले आक्रमण गरी मारेको अवस्थामा फेला पारेको स्थानीय भरत बोहराले जानकारी दिएका छन् । कोही मारेका, कोही खाएर छोडेका र ५ वटा घाइते अवस्थामा फेला पारेको उनले बताए ।
गोठको छानामा बाधेर राखेका भेडा, बाख्राहरुलाई आक्रमण गर्दा करिब २ लाख ८० हजार बढीको नोक्सान भएको छ । आयस्रोतको रुपमा रहेका भेडा बाघले मारेपछि समस्या भएको पीडित मदन बोहराले बताएका छन् ।
बाघको आतंकबाट स्थानीयका भेडा, बाख्रा मारेर धेरै क्षति गर्न थालेपछि पछिल्लो समय भेडा व्यवसाय संकटमा परेको छ । बेला बेलाको बाघको आक्रमणले स्थानीयले ठुलो क्षति व्यहोर्नु परिरहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















