कतारमा छायांकन भएको ‘त्यही छु पुरानो ठाउँमा’ सार्वजनिक (भिडियोसहित)

रामएकवाल राम


दोहा कतार : आफूलाई मन पराउने मान्छे नै असल प्रेमी हुन सक्छ र त्यसले जीवन्त माया गर्न सक्छ भन्ने कथालाई प्रमाणित गर्ने कथामा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कतारका विभिन्न रमणीय स्थलमा छायांकन भएको ‘त्यही छु पुरानो ठाउँमा’ बोलको गीत शुक्रबार भर्चुअल बजारमा सार्वजनिक गरिएको छ ।
सन्तोष रुचालको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोमार्फत चितवन घर भइ कतारलाई कर्मथलो बनाउँदै आएकी सदिक्षा थपलियाले नेपाली रंगमञ्चमा डेब्यु गरेकी छन् । रुचालकै आवाज र संगीत रहेको गीतका शब्द उमेश कुंवरले लेखेका हुन् ।
म्युजिक भिडियोमा थपलियासँगै सन्देशको अभिनय देख्न सकिन्छ भने विशेष भूमिकामा निर्देशक राजेन्द्र थापा र सनमलाइ देख्न सकिन्छ । थापाले खिचेको भिडियोलाई भबिन तामाङले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=ey1E1URjkXc

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















