सभापति देउवासहित कांग्रेस नेताहरूको टोली बालुवाटारमा

नवलपुर टुडे


काठमाडौं । गभर्नर नियुक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा भेटघाट गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कृषिमन्त्री रामनाथ अधिकारीलाई साथ लिएर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
त्यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।
भिजिट भिसा प्रकरणमा जोडिएका रमेश लेखकलाई पार्टीभित्र र बाहिरबाट राजीनाका लागि दबाब बढिरहेका बेला देउवा उनैलाई लिएर ओली भेट्न पुगेका हुन् । छलफल विभिन्न विषयमा भए पनि मुख्यगरी यही जेठ १५ गते प्रस्तुत हुने बजेट, गणतन्त्र दिवसलगायतमा केन्द्रित भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















