फूलबारी युथ बन्यो फूलबारी राइनो फुटबलको च्याम्पियन

नवलपुर टुडे


भरतपुर । फूलबारी थुथ क्लबले प्रथम फूलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ |
उपाधि भिडन्तमा खेलकुद विकास समिति भरतपुर ६ लाई हराउँदै फूलबारी युथ च्याम्पियन बनेको हो । श्रीपुर खेल मैदान भरतपुर १५ मा भएको फाइनलमा फूलबारी ४-१ ले विजयी भयो ।
फूलबारी युथका रोशन क्षेत्री फाइनलको प्लेयर अफ दि म्याच भए । च्याम्पियन बनेको फूलबारीले उपाधिसहित ४० हजार रुपैयाँ प्राप्त गरेको छ । उता उपविजेतामा सीमित भरतपुर ६ ले २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
फूलबारीका सुशान्त गुरुङ प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै भरतपुर ६ का मन्नु कुमाल सर्वाधिक गोलकर्ता, भरतपुर ६ कै निशान्त थापा मगर उत्कृष्ट गोलकिपर तथा फूलबारी राइनो युथ एसोसिएसन निलोका कर्मा तामाङ राइजिङ प्लेयर बने । उनीहरुले जनही २५ सय प्राप्त गरे । फूलबारी राइनो युथ एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा १६ टोली सहभागी थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















