काठमाडौंको गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी

नवलपुर टुडे


काठमाडौं । काठमाडौंको गौशालामा सार्वजनिक बस दुर्घटना भएको छ । गौशालाको पिंगलास्थाननजिक बुधबार बिहान १०ः५५ मा बजे गौशालाबाट तिलगंगातर्फ जाादै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बाबा गोकर्णेश्वर यातायातको बसलगायत आठवटा सवारी साधनमा क्षति भएको छ ।
क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१प २२ नंको मोटरसाइकल, र बाप्र–०२–०४६प ४८१९ नंको स्कुटर छन् ।
दुर्घटनामा परेर जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई हाल काठमाडौंको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ घर भई हाल टोखा बस्ने २२ वर्षीय विकास कट्टेल र खोटाङको हलेसी घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका निम्ति सिनामंगल स्थित केएमसी अस्पताल पठाइएको छ । बस चालक भने फरार रहेको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















