बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

उमेश रोकाया


बाजुरा , जेष्ठ ६ । बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलवार जिल्लाको हिमाली गाउँपालिका ५ बस्ने १७ बर्षकी गर्भवती जुनिता कुमारी थापाको उद्धार गरिएको हो ।
कोल्टी अस्पतालमा पुगेकी गर्भवती थापाको जटिल समस्या भएर सुत्केरी हुन नसक्ने अवस्था भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको अस्पतालले जनाएको छ । थापाको पेटमा करिब ३४ हप्ताको बच्चा रहेको र कोल्टी आधारभुत अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि सुर्खेत रेफर गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हवाई उद्धार गरी दिन भनी कोल्टी अस्पतालको पत्रपछि गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















