Opens in a new tab

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, जेठ ४। काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।