दैलेखवासीकै अगाडि उभिएर म पनि दैलेखी नै हुँ: प्रचण्ड

नवलपुर टुडे


दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी भएको बताएका छन् । आइतबार दैलेख सदरमुकाममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पुर्खा दैलेखी नै भएकोले आफुपनि दैलेखी भएको बताए । ‘केही समयअघि प्रधानमन्त्रीकै हैसियतमा दैलेखको दह गाउँमा आएर हाम्रो पुर्खाहरूको सालिक अनावरण गरेको थिएँ,’ उनले भने, ‘आज म तपाईँहरू दैलेखवासीकै अगाडि उभिएर म पनि दैलेखी नै हुँ भन्दा गर्व लागेको छ ।’
दैलेख आफ्नो पुर्खाहरूको थलो भएकाले विशेष महत्त्व लाग्ने गरेको पनि उनले बताए । दैलेख जिल्लाको दुल्लु नगरपालिका ३३ वटा जातजातिको थलो हो । दुल्लुकै दह गाउँ दाहालहरूको उद्गम थलो हो ।
प्रचण्डले दैलेखमा जनयुद्धका क्रममा भएका केही कमजोरीलाई स्मरण गरे । युद्धका क्रममा माओवादीको कमजोरीका कारण ‘दुल्लु विद्रोह’ भएको थियो । त्यहाँ जनताहरू माओवादी विरुद्ध एकजुट भएर आन्दोलन नै गरेका थिए । उक्त घटनाले माओवादीभित्र एक खालको तरङ्ग नै पैदा गरेको थियो । प्रचण्डले भने, ‘जनयुद्धको वेलामा पनि दैलेखमा केही विवाद, कमीहरू पनि भएका थिए, त्यसलाई हामीले सच्याएका थियौँ ।’

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















