पटिहानी र आयोजक फुलबारी निलो क्वाटरफाइनलमा

नवलपुर टुडे


आज सम्पन्न खेलमा जित हात पार्दै पटिहानी र फुलबारीले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । आजको पहिलो खेलमा पटिहानीले न्यु दिव्यज्योति युवा क्लबलाई ३-२ ले हरायो । पटिहानीका मिलन तामाङ प्लेयर अफ दि म्याच भए ।
यस्तै आजै सम्पन्न अर्को खेलमा आयोजक फुलबारी निलोले शिवघाट एफसीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । फुलबारी निलोले शिवघाटलाई ३-१ ले हरायो । फुलबारी निलोका कर्मा तामाङ प्लेयर अफ दि म्याच भए ।
प्रतियोगिताबाट आइतबारबाट क्वाटरफाइनलको खेल हुनेछ । पहिलो क्वाटरफाइनलमा फुलबारी युथ क्लब र पटिहानी इभेन्ट्स भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । यस्तै दोस्रो क्वाटरफाइनलमा आइतबार नै खेलकुद बिकास समिति ६ र आयोजक फुलबारी सेतोबीच ५ बजे खेल हुनेछ ।
श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैँया प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















