टुँडिखेलमा साकेला उभौली उत्सव

नवलपुर टुडे


काठमाडौं । काठमाडौंमा बस्दै आएका किराँत राई समुदायका व्यक्तिहरूले शनिबार (जेठ ३) साकेला उभौली उत्सव मनाएका छन् । काठमाडौंमा उपत्यकामा बसोबास गर्दै आएका किराँत राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समुदायले टुँडिखेलमा सामूहिक रूपमा उभौली पर्व मनाएका हुन् ।
किराँत समुदायमा वैशाख शुक्ल पूर्णिमाका दिन उभौली र मंसिर शुक्ल पूर्णिमामा उधौली पर्व मनाउने गरिन्छ । गएको वैशाख २९ गते वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाइए पनि शनिबार साकेला उभौली उत्सवको आयोजना गरिएको हो ।
किराँत मौलिक बाजा ढोल र झ्याम्टाका साथ प्रकृतिमा रहेका विभिन्न चराचुरुंगीको नक्कलसहित नृत्य गर्दै आपसमा खुसियाली साटेर यो पर्व मनाउने गरिन्छ ।
वैशाख पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बाली सप्रियोस् भन्दै पूजा गरी यो पर्व मनाइन्छ । प्रकृतिको पूजा गरे बाली सप्रने किराँत राई समुदायको धार्मिक विश्वास छ । हिमालयन टेली भ्वाइस

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















