लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया सुरु

नवलपुर टुडे


दाङ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएपछि गठनको कानुनी प्रक्रिया सुरु भएको छ।
उद्योग, पर्यटन र यातायात मन्त्रालयले यो विधेयक प्रदेशसभामा पेश गर्नेछ। मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। अब यो विधेयक प्रदेशसभामा पेश हुन्छ र प्रतिष्ठान स्थापना र गठनको कानुनी प्रक्रिया अगाडि बढ्छ।’
प्रदेशसभामा पेश भएपछि विधेयक पारित हुनुपर्छ। पारित विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पुग्नेछ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐन बन्नेछ। ऐन बनेपछि सरकारलाई प्रतिष्ठान स्थापना र सञ्चालनको बाटो खुल्नेछ।
भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्यसहित प्रतिष्ठान स्थापना गर्न लागिएको मन्त्री न्यौपानेले बताए। उनले भने, ‘भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्य प्रदेश सरकारको छ। यो लक्ष्य पूरा गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको हो।’

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















