ग्रीनल्याण्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य बारे सचेतना

नवलपुर टुडे


भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरमा बाल रोग विशेषज्ञ डा किरण देवकोटाको मोटिभेसनल सेसन सम्पन्न भएको छ । स्कुलको आयोजनामा बिहीबार उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा ग्रीनल्याण्ड स्कुलका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई प्रमुख वक्ता डा देवकोटाले मानसिक स्वास्थ्यको बिषयमा उत्प्रेणणा प्रदान गर्नुभएको थियो । उहाँले मानसिक स्वास्थ्य बारे विद्यार्थीहरुलाई सचेत पनि गराउनुभएको थियो ।
सो क्रममा उहाँले मानसिक स्वास्थ्यलाई गम्भीरता साथ लिनुपर्ने बताउनुभएको थियो । शारीरिक सँगै मानसिक रुपमा पनि श्वस्थ हुन उत्तिकै आवश्यक रहेको उहाँको भनाइ थियो ।
विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले विद्यार्थीहरुलाई मानसिक रुपमा पनि स्वस्थ राख्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्राचार्य कार्कीले यो कार्यक्रम विद्यार्थीहरुका लागि निकै फलदायी भएको बताउनुभयो । स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीलगायतको पनि उपस्थिति रहेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















