हिमालीमा जेष्ठ ७ गतेबाट देउडा लोक सास्कृतिक कार्यक्रम गरिने

उमेश रोकाया


बाजुरा , जेष्ठ १ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा जेष्ठ ७ र ८ गतेको दिनमा देउडा लोक सास्कृतिक कार्यक्रम भव्यरूपमा गरिने भएको छ । नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा उद्धघाटन तथा लोक सास्कृतिक कार्यक्रम गरिने भएको छ ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बाहुलीबाट कार्यक्रम समुद्घाटन हुने भएको छ । उक्त कार्यक्रममा हिमाली गाउँपालिका – १ को वडाबाट सडक नाटक, वडा – २ का सम्पूर्ण गाउँबाट भुवाचाली, वडा – ३ बाट भोटेसेलो खेल, वडा – ४ फैतिबाट मागल र बोर्ता टोलबाट चम्पानाच, वडा – ५ रुगिन र नदापाट गाउँबाट छैट खेल, वच्छयाँ र क्यूडी टोलबाट ढालनाच, वडा – ६ धिमबाट मुज्यारा खेल र पञ्चेवाजा पाँडी गाउँको टोलबाट पुरानो महिला देउडा खेल, कापुचौरबाट भोटेसेलो नाच बोल्डिक टोलबाट रोपाइ अवाली र वडा – ७ बाँधु गाउँबाट हुडकें नाच, बालो मार्ने खेल, श्री पञ्चमी माग्ने, र चम्पानाच कार्यक्रम प्रस्तुती गरिने नेपाल देउडा संस्कृती संरक्षण समितिका अध्यक्ष दिपचन्द्र पाध्यायले बताएका छ्न ।
सास्कृतिक कार्यक्रममा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै स्थानीय स्तरका सम्भाव्य कलाकारहरुको बेजोड प्रस्तुती रहेने भएको छ । गाउँपालिकाका सबै वडाका महिला र पुरुषको अलग अलग देउडा प्रतिस्पर्धा जेष्ठ ७ गते बेलुका देखि ८ गते बेलुकासम्म संचालन हुने भएको छ । देउडा प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्नेहरुलाई उचित पुरस्कारको व्यवस्था गरिने छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















