राज्यमन्त्री खड्का द्वारा सुरक्षित आप्रवासी स्रोत केन्द्र उद्घाटन

उमेश रोकाया


बाजुरा , बैशाख ३० । सुदूरप्रश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरोस्वती खड्काले सुरक्षित आप्रवासी स्रोत केन्द्रको उद्घाटन गर्नुभएको छ । मंगबार राज्यमन्त्री खड्काले एक औपचारिक कार्यक्रमका बिच रिवन काटेर उक्त सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।
आप्रवासी स्रोत केन्द्रको उद्घाटनका लागी बाजुरा पुग्नु भएका राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीबाट समस्यामा परेका वा ठगिएका आप्रवासी श्रमिकहरुका उजुरी सुन्ने र यसको समधानमा सहयोग गर्ने र आवश्यक परे कानुनी सहायतामा जान सजिलो हुने उहाँले बताउनुभयो । उक्त सेवा केन्द्र जिल्ला प्रशासन कार्यालय बाजुरामा स्थापना गरिएको छ ।
वैदेशिक रोजगारमा जान चाहने नागरिकहरुलाई सही र अद्यावधिक जानकारी गराउने, वैदेशिक रोजगार प्रक्रिया, आवश्यक कागजात र जोखिमहरुको बारेमा परामर्श दिने उक्त सेवा केन्द्रको उदेष्य रहेको छ ।
त्यस्तै आप्रवासन अघि नागरिकहरुलाई सुरक्षित आप्रवासन सम्बन्धि तालिम दिने र व्यक्तिगत तथा सामुहिक परामर्श सेवा प्रदान गर्ने उक्त सेवा केन्द्रका कर्मचारी प्रकाश खड्काले बताउनुभयो । आप्रवासी स्रोत उद्घाटन कार्यक्रममा ९ वटै स्थानियतहका प्रमुख , उपप्रमुख , जिल्ला समन्वय समिती बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको सहभागिता रहेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















