समाज

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले पनि भन्टाबारीसंग जोडिएको सीमा क्षेत्रमा कडा निगरानी

देवराजा यादव
२०८२ बैशाख २९ | बिहान ०६:०१ बजे

सुनसरी । भारतको जम्मु कश्मीरमा भएको आतंककारी हमलापछि सुनसरी जिल्लाको भन्टाबारी संग जोडीएको नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरी संगसँगै नेपाल प्रहरीले पनि कडा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको सुनसरी जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

भन्टाबारी नाकामा पर्ने नेपाल र भारत सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाइएको भन्टाबारीका प्रहरी. ब. ना. नि. पुण्य प्रसाद अधिकारी बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल र एसएसबीसहितको टोली संग सहकार्य गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको भन्टाबारीका डिएसपी केदार जंग थापाले जानकारी दिएको छ।

केही दिन अगाडि भारतको कश्मीरमा आतंककारी हमलापछि नेपाल र भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी बढाएको डीएसपी थापाले बताए।

photo 2025 05 12 06 41 51

कमेन्टहरु