विभेद विरुद्धको संकल्प, दलित जागरण अभियानको शुभारम्भ

उमेश रोकाया


राजेन्द्र विक
बाजुरा , बैशाख २८ । परम्परागत रुपमा समाजमा रहेको छुवाछूत कुप्रथा र समग्र विभेद बिरुद्ध आवाज उठाउने संकल्प सहित बाजुरामा दलित जागरण अभियान तथा आमभेला कार्यक्रम संचालन गरिएको छ ।
आफ्ना लागि आफै दलितका लागि दलित भन्ने मुल नाराका साथ शनिबार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाइमा उक्त अभियानको शुभारम्भ गरिएको हो।स्वामिकार्तिक दलित नेटवर्क तथा मुक्त हलिया संजालको आर्थिक र प्राबिधिक सहयोगमा आफ्ना लागि आफै दलितका लागि दलित अभियान बाजुराको आयोजनामा सो कार्यक्रम संचालन गरिएको अभियानका अध्यक्ष दिपक कडाराले बताए ।
बर्षौं देखि समाजमा बिद्यमान जातीय छुवाछूत र विभेद जस्तो जघन्य अपराध बिरुद्ध दलित समुदायलाइ एक ठाउँमा ल्याउने उदेश्यले जागरण अभियानको शुभारम्भ गरिएको र अब जिल्लाभर यो कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष कडाराको भनाइ कार्यक्रममा जिल्लामा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि,पुर्वोत्तरी क्षेत्र स्थित दलित समुदायका अगुवा संगै स्थानिय दलित समुदाय बिच प्रणालिगत विभेद ,न्यायमा पहुँचको अभाव र प्रतिनिधित्वको कमि जस्ता बिषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले दलित माथी उपल्लो भनिने बर्गले गर्ने विभेद र राज्यको मौनता बारे दलित समुदाय एकजुट भइ देशैभर जागरण अभियानको आवश्यकता औंल्याउनुका साथै बिभेदका बिरुद्ध राजनीतिक दल भन्दा माथी उठेर बर्गिय लडाइ लड्न आवस्यक भएको धारणा ब्यक्त गरेका छन् ।
अभियानका अध्यक्ष दिपक कडाराको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध दलित नेता र अगुवा अतिथिका रुपमा रहनुभएको थियो। यो अभियानको शुभारम्भ स्वामिकार्तिक बाट गरिए पनि जिल्लाभर संचालन गरिने आयोजकले जनाएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















