तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य : प्रचण्ड

रासस


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन् ।
शनिबार (वैशाख २७) पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित सभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ आफ्नो दलको मात्र नभई जनताको अभियान बनेको उल्लेख गरे । अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उनले बताए ।
देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका उनले बताए ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार, आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान सञ्चालन गरेको उनले स्मरण गरे ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















