बाजुरामा घाँस काट्ने क्रममा घाइते भएकी महिलाको मृत्यु

उमेश रोकाया


बाजुरा , बैशाख २६ । बाजुराको बुढीनन्दा नगरपालिका – ७ सेरकाटियाकी घाइते महिलाको मृत्यु भएको छ । गम्भिर घाइते काली जोशीको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको हो ।
जंगलमा घाँस काट्न गएकी काली जोशीलाई स्थानीयले घाइते अवस्थामा फेला पारेका थिए । उनलाई उपचारका लागि कोल्टी अस्पतालमा पुर्याएको थियो । उनको शुक्रवार दिउँसो सवा १२ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर रञ्जित शाहले बताएका छन् । उनको छातिमा घाउका कारणले अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको डाक्टर शाहले बताए ।
शाहका अनुसार हेर्दा खेरि बम वा बन्दुक पड्केको हो एकिन हुन नसकेको बताए । मृतक महिलाको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा राखिएको छ ।
घटनास्थल नजिक रहेका स्थानियको भनाई अनुसार बम पड्केको जस्तै ठुृलो आवाज सुनिएको थियो । मृतक महिलाको पाखुरा र छाती छेदबिच्छेद भएको स्थानियले बताएका छन् ।
स्थानियका अनुसार घटना भएको ठाउँबाट महिला धेरै तल परेको अवस्थामा फेला पारेको बताएका छन । सो ठाउँमा बम पड्केको जस्तै आवाज आएको स्थानियहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सहितको टोली घटनास्थलतर्फ गएको जनाएको छ । घटना के कसरी भएको एकिन भइनसकेको प्रहरीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















