अखिल क्रान्तिकारीद्वारा सम्मान

नवलपुर टुडे


सोनु थापा
बुटवल, बैशाख २५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देहीले स्ववियु निर्वाचनमा निर्वाचित विद्यार्थी नेताहरुलाई सम्मान गरेको छ । बिहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले विद्यार्थी नेताहरुलाई प्रमाणपत्रले सम्मान गरेका हुन् । सो अवसरमा त्रिभूवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसहरुमा क्रान्तिकारीबाट निर्वाचित विद्यार्थी नेताहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा शहीद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियु उपाध्यक्ष श्रद्धा अर्याल, सचिव हिमनारायण पौडेल, सदस्य अमृत थारु, सदस्य आशिका काफ्ले रहेका छन् । यसैगरी हरैया बहुमूखी क्याम्पस स्ववियु कार्यसमितिमा निर्वाचित कोषाध्यक्ष अमृता ज्ञवाली, सहसचिव दीक्षा पुन र सदस्य अस्मी थापा र देवदह बहुमूखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित रविन न्यौपाने, सदस्य मीनाक्षी विश्वकर्मा लगायतलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले सम्मानित विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रको गुणस्तर सुधार हुनेगरि विद्यार्थीहरुको हितमा काम गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्विनी प्रदेश उपाध्यक्ष कपिल चापागाई, विद्यार्थी नेता लेखनाथ न्यौपाने लगायतले बोल्नु भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा (माओवादी केन्द्र)का बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भूषाल लगायतका नेताहरुको उपस्थितिमा अखिल क्रान्तिकारी २३ औं जिल्ला सम्मेलन निर्वाचन समितिका संयोजक र सदस्यहरुलाई सम्मान तथा वि.स. २०८२ सालको भित्तपात्रो समेत विमोचन गरिरएको थियो ।
कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देहीका उपाध्यक्ष हिमाल खनालको स्वागत तथा अर्का उपाध्यक्ष मधुशुदन गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
अरुपनि पढ्नुहोस
सबै
युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
















