Opens in a new tab

कविताको शिर्षक हाम्रो शुभ बिहानी

याम बहादुर थापा मगर

29Shares
dida bag ad

याम बहादुर थापा मगर

बागलुङ नगरपालिका १० भकुण्डे बागलुङ

कविताको शिर्षक

हाम्रो शुभ बिहानी

सुनौलो किरणहरू आकाश चुम्दै,
शीतका थोपा पातमा बिसाउँदै,
बिस्तारै मिर्मिरे उज्यालो झर्दै,
नयाँ आशाका रंगहरू छर्दै।

चरा चहकिंदै गुनगुन गर्छ,
हावाले सुम्सुमाउँदै सिरसिर गर्छ,
पहिलो घामको न्यानो स्पर्श,
आत्मामा भरिएको उज्यालो हर्ष।

नयाँ दिनको नवीन यात्रा,
नयाँ सपनाहरूको मीठो अनुभूति,
समयको मन्द गतिको चाल,
जीवनको सुन्दरतम् उपहार।

शुभ बिहान—नयाँ शुरुवात,
उज्यालो मुहार, ऊर्जा भरिएको मन,
प्रत्येक क्षणको मिठास चाखौं,
सपना बुनौं, संसार जितौं।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे